पाँचथर, चैत २९ । डीएफसी मोरङ पाँचथरमा जारी तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विजय युथ क्लब हेटौंडालाई ‘टाइब्रेकर’मा ४–३ ले पराजित गर्दै मोरङ उपाधिनजिक पुगेको हो ।
निर्धारित् समयमा दुवै टिमबाट एक/एक गोल भएपछि खेल सीधै टाइब्रेकरमा धकेलिएको थियो ।
‘पेनाल्टी सुटआउट’मा मोरङले बाजी मार्यो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका मोरङका सन्जोग राई ‘म्यान अफ दी म्याच’ घोषित भए ।
प्रतियोगिताअन्तर्गत् शुक्रबार हुने दोस्रो सेमिफाइनलमा युनाइटेड क्लब दार्जिलिङ र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
१० टिम सहभागी प्रतियोगिताको विजेताले चार लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्