२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


मृतकको सबैभन्दा ठूलो बस्ती (फोटो फिचर)


0
Shares

बग्दाद, भदौ १६ । तस्वीरमा देखिएको कंक्रिटको यो सहर मृतकहरुको बस्ती हो ।

इराकको नजाफमा रहेको यो चिहानलाई विश्वकै सबैभन्दा ठूलो चिहान मानिन्छ ।

‘वादी अल सलाम’ नामको यो चिहानमा आफ्नो अन्त्येष्टि होस् भनेर कयौं इराकीले आफ्नो जीवनमा दान–धर्मका साथसाथ कामनासमेत गर्दछन् ।

यहाँ दैनिक दुई सयभन्दा बढी शव अन्त्येष्टि गरिन्छ । मुस्लिम धर्म परम्पराअनुसार शवलाई खाडलमा गाडेर अन्त्येष्टि गरिन्छ । शव गाडिएको स्थानमा कंक्रिटको ढलान तथा सानो घर नै बनाइन्छ ।

यो चिहानमा ५० लाख भन्दा बढी नागरिकको अन्त्येष्टि भइसकेको इराकी अधिकारीहरुको भनाइ छ ।

पछिल्लो समय मुलुकमा बढ्दो हिंसात्मक घटनाका कारण प्रत्येक वर्ष यो चिहानमा सरदर ५ लाख शव अन्त्येष्टि हुँदै आएको छ । (एजेन्सी)