२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


बारामा विनाशकारी हावाहुरीबाट ‘१३ सय ६२ घर पूर्णरुपमा क्षतिग्रस्त’


0
Shares

प्रकाश लम्साल (इमेज)

बारा, चैत २९ । विपद् व्यवस्थापन समिति बाराले विनाशकारी हावाहुरी  प्रभावित क्षेत्रमा भएको क्षतिको विवरण सार्वजनिक गरेको छ ।

गृह मन्त्रालय, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधिलगायतको रोहवरमा क्षतिको तथ्यांक संकलनको काम सकिएको हो ।

सार्वजनिक तथ्यांकअनुसार जिल्लाका १३ सय ६२ घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् ।

अध्ययन टोलीले सार्वजनिक गरेको तथ्यांकमा हावाहुरीका कारण २३ करोड ४४ लाख ७६ हजार ८३५ रुपैयाँ बराबरको भौतिक क्षति भएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले क्षतिको विवरण विपद् व्यवस्थापन समितिबाट अनुमोदन भइसकेकाले राहत र पुनःनिर्माण कार्यलाई अगाडि बढाउन सहज भएको बताए ।

सूक्ष्म ढंगले तथ्यांक संकलन गरिएकाले तथ्यांक वस्तुपरक भएको र कोही पीडित नछुटेको जिल्ला प्रशासनको दाबी छ ।

बाराको दक्षिणी भेगमा यही चैत १७ गते आएको भीषण हावाहुरीमा परी २८ जनाको ज्यान गएको थियो । ५३० जना घाइते भएका थिए ।

सो भीषण हावाहुरी ‘टोर्नाडो’ भएको जल तथा मौसम विज्ञान विभागले यसअघि नै पुष्टि गरिसकेको छ ।