सात बालकको उद्धार, बालक लैजाने समातिए • Image Khabar Image Khabar


सात बालकको उद्धार, बालक लैजाने समातिए


Imagekhabar
१६ भाद्र २०७३, बिहीबार २३:३३

सात बालकको उद्धार, बालक लैजाने समातिए

धनकुटा, भदौ १६ । श्रमिककोरुपमा प्रयोग गर्न संखुवासभा लैजाँदै गरिएका सात बालकलाई धनकुटा प्रहरीले पाख्रिबासबाट उद्धार गरेको छ ।

रौता कन्ट्रक्सनले कोसी राजमार्गको संखुवासभाको नुममा काम गराउन लैजाँदा गरेको अवस्थामा विहीबार प्रहरीले उनीहरुलाई उद्धार गरेको हो । उद्धार गरिएका बालक १३ देखि १४ वर्ष उमेरका रहेका छन् ।

बालकहरुलाई लिएर जाँदै गरेका उदयपुर ७ बासबोटेका नवीन राईलाई पनि प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्