
फाइल फोटो
काठमाडौं, भदौ १६ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको भाउ घटाएको छ ।
निगमले विहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिसिलिन्डर ५० रुपैयाँ घटाएको हो । अब एक सिलिन्डर ग्यास १३ सय २५ रुपैयाँमा पाइनेछ ।
निगमले अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् राखेको प्रवक्ता भानु खनालले जानकारी दिए ।
५० रुपैयाँ भाउ घटाएपनि निगमलाई ग्यासमा अझै प्रतिसिलिन्डर ६१ रुपैयाँ नाफा छ ।
चाडपर्वलाई लक्षित गरी ग्यासको भाउ घटाइएको निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्