नेप्से पुनः १८ सय माथि • Image Khabar Image Khabar


नेप्से पुनः १८ सय माथि


Imagekhabar
१७ भाद्र २०७३, शुक्रबार ०२:४३

नेप्से पुनः १८ सय माथि

काठमाडौं, भदौ १६ । साताको अन्तिम दिन विहीबार पनि शेयरबजार सकारात्मक रहेर थामियो । नेप्से पुनः १८ सय मागि पुग्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से ७ अंकले उकालो लागेर १८ सय ५ पुगेर थामियो । विकास बैंक, वाणिज्य बैंक र वित्त समूह सकारात्मक रहेसँगै अरु समूह ऋणात्मक रहँदा पनि नेप्से सकारात्मक रहन पुगेको हो ।

विकास बैंक समूह सबैभन्दा उच्च २२ अंकले र वाणिज्य बैंक समूह पनि ११ अंकले उकालो लाग्यो । बीमा र जलविद्युत् समूह दोहोरो अंकले झरे भने अरु समूह सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४४ कम्पनीको १८ लाख बराबर कित्ता शेयर १ अर्ब ३६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्