२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पुल नहुँदा सास्ती


0
Shares

धनकुटा, भदौ १७ । धनकुटाको लेउती खोलामा पुल नहुँदा महाभारत गाविसको उखुडाँण्डा, बुढीमोरङ र मुलघाट क्षेत्रका बासिन्दा समस्यामा परेका छन् ।

हिउँदमा समस्या नभए पनि बर्खायाममा खोला बढेर आउने भएकाले स्थानीयलाई समस्या पर्ने गरेको हो ।

पुल नहुँदा दैनिक आवतजावतमा कठिनाइ भएको छ भने कृषि उपज बजारसम्म पु¥याउन तथा उपभोग्य बस्तु गाउँ लैजान समस्या हुने गरेको छ । ४० भन्दा बढी परिवार बसोबास गर्ने महाभारतको उखु डाँडा क्षेत्रमा विद्यालय नभएका कारण बालबालिकालाई लेउती तरेर मुलघाट जानुपर्ने बाध्यता छ ।