२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


संयुक्त विद्यार्थी संगठनको बैठकद्वारा तत्काल स्ववियु निर्वाचन गराउन माग


0
Shares

काठमाडौं, भदौ १७ । विभिन्न विद्यार्थी संगठनहरुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल गर्न माग गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनको शुक्रबार राजधानीमा बसेको बैठकले लामो समयसम्म स्ववियु निर्वाचन हुन नसक्दा शैक्षिक अराजकता बढेको भन्दै तत्काल निर्वाचन गर्न माग गरेका हुन् ।

उनीहरुले शिक्षामा राजनीतिकरण र माफियाकरण अन्त्यका लागि स्ववियु चुनाव अनिवार्य आवश्यकता रहेको ठहर गरेका छन् ।

नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेले स्ववियु निर्वाचनका विषयमा सबै विद्यार्थी संगठनले साझा धारणा बनाएको जानकारी दिए ।

संयुक्त विद्यार्थी संगठनको बैठकले शिक्षामा भएको व्यापारिकरण र चर्को शुल्कको विरोध गर्दै प्रभावकारी अनुगमन गर्ने निर्णय गरेको छ ।