
काठमाडौं, भदौ १७ । राष्ट्रिय दलित आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छिट्टै पारित हुने भएको छ ।
राष्ट्रिय दलित आयोगले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा विधेयक तयार भइसकेकाले यसलाई छिट्टै संसद्बाट पास गराएर कानुनी रुप दिन लागिएको जानकारी गराइयो ।
कार्यक्रममा कानुन मन्त्री अजय शंकर नायकले अब राष्ट्रिय दलित आयोग बलियो रुपमा स्थापित हुने भन्दै यसले सम्पूर्ण दलित समुदायका समस्या समाधान हुने दाबी गरे ।
मन्त्री नायकले दलित समुदायका अधिकार स्थापित गर्न राज्यको तत्परता आवश्यक रहेको बताए । उनले संविधान कार्यान्वयन सबैको चासोको विषय भएकाले आफ्नो अधिकारलाई सुनिश्चित गर्न सबैलाई आ–आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे ।
कार्यक्रममा प्रस्तावित विधेयकबारे विभिन्न दलका सांसद, कानुनविद्लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्