
काठमाडौं, भदौ १७ । यो वर्षको तीजमा पशुपतिनाथ दर्शनका लागि पास वितरण गर्ने व्यवस्था हटाइएको छ ।
पशुपति विकास कोषले शुक्रबार गरेको पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले विगतका वर्षहरुमा पासको व्यवस्था गरिँदा लाइनमा बस्नेहरुले समस्या भोग्नुपरेको भन्दै योपटक त्यस्तो व्यवस्था हटाइएको जानकारी दिए ।
चाबहिलको मित्रपार्क, जयबागेश्वरी र गौशालाचोकबाट गरी तीन ठाउँबाट लाइन लागि मन्दिर प्रवेशको व्यवस्था गरिएको छ ।
यस्तै, कोषले बृद्धबृद्धा, उच्चपदस्थ अधिकारी तथा अशक्त तथा अपांगता भएकाहरुले भने मन्दिर दर्शनका लागि लाइन बस्नु नपर्ने जनाएको छ ।
तीजमा पशुपतिनाथको दर्शनका लागि बिहान साढे ३ बजेदेखि नै मन्दिर खुल्ने जानकारी पनि कोषले दिएको छ ।
प्रतिक्रिया दिनुहोस्