१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


९० किलो मासु नस्ट


0
Shares

                                                             फाइल फोटो

काठमाडौं, भदौ १७ । बजार अनुगमनकाक्रममा शुक्रबार पनि विभिन्न स्थानमा अनुगमनलाई तीव्र बनाइएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको सक्रियतामा गत साउन ३१ गतेदेखि निरन्तररुपमा बजार अनुमगनलाई प्रभावकारी बनाइएको छ ।

दर्ता प्रमाणपत्र नभएको खुलारुपमा मासुको बिक्री वितरण गरेको जनाउँदै बालाजु मासु पसल र श्यामा मिट सप बालाजुलाई तीनभित्र दर्ता गरी विभागमा आउन निर्देशन दिइएको आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले जानकारी दिए ।

शुक्रबार नै गरिएको अनुगमनकाक्रममा मूल्यसूची नभएको, व्यवसाय नवीकरण नभएको, कम पुँजी राखी व्यवसाय सन्चालन गरेको, लेबल नभएको र नापतौल यन्त्र प्रमाणीकरण नगरेको जनाउँदै मनकामना मार्केटिङ स्टोर गोंगबु र केसी चिकेन स्टोर गोंगबुलाई पनि आवश्यक कागजपत्र लिइ तीन दिनभित्र विभागमा आउन निर्देशन दिइएको छ ।

अनुगमनकाक्रममा केसी चिकेन स्टोरमा खानका लागि अयोग्य कुखुराको ७२ किलो मासु र १८ किलो ससेज गरी जम्मा ९० किलो मासु नस्ट गरिएको छ ।

शुक्रबारमात्रै विभागले चार स्थानमा अनुगमन गरेको छ । विभागले हालसम्म व्यवसाय, प्रतिष्ठान र व्यापारिक गरी ४२१ ओटामा अनुगमन गरिसकेको मन्त्रालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

आपूर्ति मन्त्रालयमा सरोकार भएका र खाद्य वस्तुसँग सम्बन्धित आयातकर्ता संघ–संस्थाका पदाधिकारीबीच बैठक बसी चाडबाडका समयमा उपभोक्तालाई सक्दो सहुलियत प्रदान गराउने विषयमा निर्णय भएको बताइएको छ । रासस