चाडपर्व नजिकिँदै गर्दा सर्वसाधारण महँगीको चपेटामा • Image Khabar Image Khabar


चाडपर्व नजिकिँदै गर्दा सर्वसाधारण महँगीको चपेटामा


Imagekhabar
१८ भाद्र २०७३, शनिबार ०२:३९

चाडपर्व नजिकिँदै गर्दा सर्वसाधारण महँगीको चपेटामा

काठमाडौं, भदौ १७ । नेपाली समाजमा चाडपर्वको विशेष महत्व रहने गरेको छ ।

वर्षभरि कुनै न कुनै चाडपर्व मनाइराख्ने नेपालीहरुले दसैं र तिहारलाई विशेष महत्व दिने गरेका छन् । अरु चाडपर्वमाभन्दा दसैं–तिहार अझ बढी खर्च हुने पर्व हो ।

यसबेला खाद्यान्न, पूजासामग्री, भाँडाकुँडा, लत्ताकपडा, गरगहनालगायतका सामानहरुको अत्यधिक माग रहने गर्दछ ।

यसै समयमा सर्वसाधारण भने महँगीको चपेटामा पर्ने गरेका छन् । यो वर्ष पनि चाडपर्व नजिकिँदै जाँदा बजारमा देखिएको मूल्यबृद्धिको प्रत्यक्ष असर सर्वसाधारणलाई परेको छ ।

दैनिक उपभोग्य वस्तुका साथै अरु आवश्यक सामग्रीमा अत्यधिक मूल्यबृद्धि भएको उपभोक्ताको दुखेसो छ ।

हरेक वर्षजसो चाडकोबेला हुने अत्यधिक मूल्यबृद्धिले चाडपर्व मनाउन नै समस्या पर्ने गरको गुनासो यी सर्वसाधारणको छ ।

पैसा हुनेले बढी मूल्य तिरेर सामान किन्ने गरेपनि निम्न आयस्रोत भएकालाई भने चाडपर्व मनाउन पनि अनेकौंपल्ट सोच्नुपर्ने बाध्यता रहेको उपभोक्तको भनाइ छ ।

नेपाली संस्कृतिको अभिन्न अंगकोरुपमा रहेका यी चाडपर्व सम्पूर्ण जनताले खुसियालीपूर्वक मनाउन सकून् भनेर सरकारले महँगी नियन्त्रणमा ठोस कदम चाल्नुपर्ने सर्वसाधारणको माग छ ।

प्रतिक्रिया दिनुहोस्