३० असार २०८२, सोमबार | Mon Jul 14 2025


पाकिस्तानमा विस्फोट, १६ जनाको मृत्यु


0
Shares

इस्लामावाद, चैत २९ । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटामा भएको बिस्फोटमा १६ जनाको मृत्यु भएको छ ।

हजारगन्ज इलाकास्थित व्यस्त तरकारी बजारमा स्थानीय समयानुसार शुक्रबार बिहान करिब ८ बजे भएको बिस्फोटमा उनीहरुको मृत्यु भएको हो । बजारमा रहेको प्रहरीको भ्यानलाई लक्षित गरी विस्फोट गराइएको हो ।

मृतकमध्ये १५ सर्वसाधारण र एक प्रहरी छन् । विस्फोट कसले गराएको हो भन्ने प्रष्ट भइसकेको छैन ।

बिस्फोटमा दर्जनौं घाइते भएका छन् । बिस्फोट लगत्तै बजारमा भागदौड मच्चिएको थियो ।

घटनास्थलमा सुरक्षाकर्मीले घेरा हाली अनुसन्धान थालेको छ । शिया समुदायको बाहुल्यता रहेको सो इलामा मारिनेमा सबै शिया समुदायका ब्यक्ति रहेको अधिकारीहरुले बताएका छन् ।