 
	    रविन भट्टराई (इमेज)
ताप्लेजुङ, भदौ १८ । शुक्रबार राति भारी वर्षासँगै आएको पहिरोमा परी ताप्लेजुङमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।
पहिरोले घर पुर्दा ताप्लेजुङ नगरपालिका–२ का टीका मगरकी श्रीमती २८ वर्षीया विमला, छोराहरु ९ वर्षीय मनोज र ६ वर्षीय ललितको मृत्यु भएको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले शनिबार पहिरो पन्छाएर उनीहरुको शव निकालेका हुन् ।
पहिरोमा परी ताप्लेजुङ नगरपालिका–८ कि दिलकुमारी पालुङ्वा बेपत्ता भएकी छन् भने उनकी बहिनी कृष्णकुमारी पालुङ्वा घाइते भएकी छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ ।
त्यस्तै, पहिरोमा परी अलपत्र परेका ताप्लेजुङ नगरपालिका–८ का ६० जनालाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको छ ।
पहिरोले ताप्लेजुङ नगरपालिकाको २, ६, ७, ८ र ९ वडामा गरी करिब दुई दर्जनभन्दा बढी घरमा क्षति पुर्याएको छ ।
प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले घटनास्थलबाट क्षतिको तथ्यांक संकलन गरेका छन् ।
पहिरोग्रस्त क्षेत्रसम्म जाने सडकसमेत बगाएपछि उद्धारमा समस्या भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।
दर्जनौं स्थानमा गएको पहिरोका कारण मेची राजमार्गको पाँचथर–ताप्लेजुङ सडकखन्ड पूर्णरुपमा अबरुद्ध बनेको छ ।
भिडियो हेर्नुहोस्


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्