
बाग्लुङ, चैत २९ । बाग्लुङको ढोरपाटन नगरपालिकाले बुर्तिवाङ बजार क्षेत्रमा भवन आचारसंहिता लागू गर्न नसक्दा अनधिकृत रुपमा भवनहरु निर्माण भएका छन् ।
दुई वर्षअघि नै आचारसंहिता लागू गर्ने घोषणा गरेको नगरपालिकाले त्यसलाई कार्यान्वयन गर्न नसक्दा अवैध संरचना निर्माणले तिव्रता पाएको हो । अहिले पनि नगरपालिका क्षेत्रमा आचारसंहिता विपरित निर्माणका काम भइरहेका छन् ।
आचारसंहितालगायतका विषयमा नीति निर्माण गर्न नसक्दा बजारमा नक्सापास नगराई भवन निर्माण भइरहेका हुन् । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले नियमविपरित भवन निर्माण रोक्न नगरपालिकाले विभिन्न कानुन बनाएको र अब कार्यान्वयन गरिने बताए ।
स्थानीयवासीले बजार क्षेत्रलाई व्यवस्थित बनाउन नगरपालिकाको नेतृत्व उदासिन भएको आरोप लगाएका छन् । उनीहरुले नगरप्रमुखले नै आचारसंहिता विपरित ८ तले भवन निर्माण गरेको आरोपसमेत लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्