
पोखरा, भदौ १८ । डा. गोविन्द केसीले दसैंअगाडि आफ्ना माग पूरा नभए फेरि आन्दोलन थाल्ने बताएका छन् ।
आठौंपटक अनशन बस्दा सरकारले माग पूरा गर्ने आश्वासन दिएपनि अहिलेसम्म पहल नगरेकाले पुनः अनशनमा फर्कने अवस्था आउनसक्ने उनले बताए ।
शनिबार पोखराको मानवअधिकार चोकमाभएको ‘सोलिडारिटी फर डा. केसी’ कार्यक्रममा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग पनि गरे ।
प्रतिक्रिया दिनुहोस्