१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नाडा अटो शोः ‘३०० सीसीको महिन्द्राको नयाँ मोटरसाइकल लोकप्रिय’


0
Shares

काठमाडौं, भदौ १८ । काठमाडौंस्थित भृकुटीमन्डपमा जारी सवारी–साधनहरुको बृहद् प्रदर्शनी नाडा अटो शोमा सर्वसाधारणको आकर्षण बढ्दै गएपछि व्यवसायीरु हर्षित भएका छन् ।

मेलाको पाँचौ दिनसम्म ५० हजार बढीले अवलोकन गरिसकेको र सवा अर्ब बढीको कारोबार भइसकेको आयोजकले जनाएको छ ।

मेलामा चारपांग्रे, दुइपांग्रे तथा हेवी कमर्सियल गाडीहरुका साथै स्पेयर पार्टसहरु राखिएका छन् ।

प्रदर्शनीमा नयाँ मोडलका सवारी–साधनप्रति सर्वसाधारणको आकर्षण रहेको व्यवसायीहरुले बताएका छन् ।

सवारी–साधनको खरिदमा विभिन्न छुट एवं उपहारका साथै बैंकहरुले सस्तोदरमा ऋण उपलब्ध गराएकाले सर्वसाधारणको आकर्षण बढेको देखिन्छ ।

मेलाकै अवसर पारेर महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडले महिन्द्राका चारओटा गाडी ल्याएको जनाएको छ ।

मेलामा महिन्द्राको ‘टीयुभी ३००’, ‘केयुभी १००’, ‘एक्सयुभी ५००’ र ‘महिन्द्रा इ २०’ मोडलको इलेक्ट्रिक कार रहेको कम्पनीले जनाएको छ ।

३०० सीसीको महिन्द्राको नयाँ मोटरसाइकल ‘महिन्द्रा मोजो’ लोकप्रिय बनेको कम्पनीका चित्र विकास दाहालको दाबी छ ।

मेलामा नेपालमा रहेका प्रायः सबै कम्पनीका कार, मोटरसाइकल, स्कुटरलगायत हेवी कमर्सियल गाडीहरु राखिएका छन् । मेला आइतबारसम्म चल्नेछ ।