
शब्द/तस्वीर : कविराज घिमिरे, ईमेज
धनकुटा । धनकुटा पूर्वाञ्चलको उत्कृष्ट पर्यटकीय गन्तब्य हो । चाडबाडको समयमा धनकुटा घुम्न उपयुक्त मानिन्छ । असोज–कार्तिकको मौसम सफाचट हुने भएकाले धनकुटामा पर्यटकहरुको ओहिरो नै लाग्छ ।
मौसम खुलेको समयमा चौबिसे क्षेत्र, धनकुटा नगरपालिका वडानम्वर १० गुरासे स्थीत चियावगान, धनकुटा बजार, हिले बजार र यहाँको तोङबा पर्यटक भूल्याउने माध्यम हुन् ।
त्यतिमात्र नभइ चुलीबनबाट अवलोकन गर्न सकिने सूर्यास्तको दृश्यले पनि पर्यटकको मन खिच्न सक्छ । त्यसबाहेक धनकुटामा भेडेटार, अन्य सुन्दर चियाबगानहरुको पनि मजाले भ्रमण गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्