३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


मोटरसाइकल लुटपाटमा संलग्न चारजना लुटिएको मोटरसाइकलसहित पक्राउ


0
Shares

सुनसरी, भदौ १९ । मोटरसाइकल लुटपाट गर्ने कार्यमा संलग्न चारजनालाई इलाका प्रहरी कार्यालय पकली सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बक्लौरी गाविस–१ बस्ने १९ बर्षीय सन्दिप तामाङ्ग, १७ बर्षीय दिपेश तामाङ्ग ,१७ बर्षीय सरोज खवास र १७ बर्षीय उज्वल चौधरी रहेका छन् ।

बक्लौरी गाविस– १ बस्ने बेचन भन्ने बरीलाल चौधरीको घरबाट भाद्र १७ गते उनीहरु सहितका ५ जनाको समुहमा आएका व्यक्तिहरुले को९प २४२१ नम्बरको पल्सर मोटरसाइकल र सोही राति सरोज ठाकुरको घरबाट ग२प५७३२ नम्बरको मोटरसाइकल लुटी लगेका थिए ।

प्रहरीले उनीहरुलाई शनिबार राति लुटेको ग२प ५७३२ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको थियो भने लुटेको को९प २४२१ नम्बरको मोटरसाइकल उज्वल चौधरीको घरमा लुकाई राखेको अवस्थामा बरामद गरेको थियो ।

प्रहरीले लुटेराहरु उपर डाका मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।