साढे ३ अर्बको कारोबार गर्दै ‘नाडा अटो शो’ सम्पन्न • Image Khabar Image Khabar


साढे ३ अर्बको कारोबार गर्दै ‘नाडा अटो शो’ सम्पन्न


Imagekhabar
२० भाद्र २०७३, सोमबार ०२:५०

साढे ३ अर्बको कारोबार गर्दै ‘नाडा अटो शो’ सम्पन्न

काठमाडौं, भदौ १९ । सवारी साधनहरुको बृहद प्रदर्शनी ‘नाडा अटो शो’ आइतबार उत्साहजनक रुपमा सकिएको छ ।

नेपाल अटो मोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा भएको गाडीहरुको प्रदर्शनी साढे ३ अर्ब बराबरको कारोबार गर्दै आइतबार सम्पन्न भएको हो ।

मेलाको ६५ हजार बढीले अवलोकन गरेको पनि मेला संयोजक शम्भुप्रसाद दाहालले जानकारी दिए ।

मेलामा १७ ब्राण्डका ४ पाङ्ग्रे, १५ वटा ब्राण्डका २ पाङ्ग्रे तथा ५ ब्राण्डका हेभी कमर्सियल सवारी साधन, बैंक तथा सेवामुलक संस्थासहित १२५ बढी अवलोकन कक्ष राखिएका थिए ।

मेलाको अवसर पारेर विभिन्न कम्पनीहरुले गाडी तथा मोटरसाइकलका नौला ब्राण्ड पनि नेपाली बजारमा प्रवेश गराएका छन् ।

सवारी साधनको खरिदमा विभिन्न छुट एवं उपहारका साथै बैंकहरुले सस्तो दरमा ऋण उपलब्ध गराएकाले सर्वसाधारणको आकर्षण बढेको पाइयो ।

प्रतिक्रिया दिनुहोस्