पोलिथिन झोला प्रतिबन्ध नगर्न व्यवसायीको माग • Image Khabar Image Khabar


पोलिथिन झोला प्रतिबन्ध नगर्न व्यवसायीको माग


Imagekhabar
२० भाद्र २०७३, सोमबार ०३:०५

पोलिथिन झोला प्रतिबन्ध नगर्न व्यवसायीको माग

काठमाडौं, भदौ १९ । पोलिथिन झोला प्रतिबन्ध लगाउने निर्णय पुनर्विचार गर्न व्यवसायीहरुले माग गरेका छन् ।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघमा पत्रकार सम्मेलन गरी प्लाष्टिक उत्पादक संघले पोलिथिन झोलाको प्रयोग समस्या नभई यसको व्यवस्थापन मूख्य समस्या रहेको जनाएको हो ।

प्लाष्टिक झोला प्रतिबन्ध गर्दा यस क्षेत्रमा रहेको ५ अर्बको लगानी डुब्ने संघले जनाएको छ । सरकारले बिना कारण प्लाष्टिक उद्योग बन्द गर्न खाजेको जिकिर संघको छ ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले क्षतिपूर्ति बिना प्लाष्टिक उद्योग बन्द गर्न नसकिने बताए । व्यवसायीहरुले बैंकको करोडौं ऋण तिर्न नसक्ने र बैंकसमेत खतरामा पर्ने दाबी संघको छ ।

सरकारको निर्देशिका अनुसार ३० माइक्रोनभन्दा माथिका प्लाष्टिक झोलाहरुको उत्पादन गर्न प्रतिबद्ध रहेको संघले जनाएको छ । सरकारले भने वातावरण प्रदूषण अत्यधिक बढेको भन्दै प्लाष्टिकको झोला प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्