
काठमाडौं, चैत २८ । नेपाल मुद्रण उद्योग महासंघ र नेपाल फोटो पत्रकार महासंघको संयुक्त आयोजनामा प्रिन्टिङ, फोटोग्राफी एन्ड मिडिया टेक्नोलोजी एक्स्पो काठमाडौंस्थित टुँडिखेलमा सुरु भएको छ ।
अत्याधुनिक प्रविधिकाबारेमा जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले बताएका छन् ।
मेलामा आधुनिक प्रिन्टिङ मेसिन, कमर्सियल प्रिन्टिङ प्रेस, अफसेट प्रेस, फ्लेक्स प्रिन्टरलगायतका सामग्रीहरु राखिएका छन् ।
मेलामा सुन्दर नेपाल र नेपालको लोकतान्त्रिक आन्दोलनका झलकसहितका दुई शीर्षकमा फोटो प्रदर्शनी पनि राखिएको छ ।
मेलामा भारत, चीनसहित १० भन्दा बढी देशका विभिन्न प्रविधि कम्पनीहरुको सहभागिता रहेको फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्