 
	    सुनसरी, भदौ २० । पूर्वी पहाडी जिल्लाहरुमा बर्ष नरोकिएपछी सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ ।
पानीको बहाव उच्च भएपछी सप्तकोसी नदीमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।
आइतबार बाट सप्तकोशी नदीमा पानीको बहाव बढेपछी कोशी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती वालिएको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए ।
आइतवार बेलुका सप्तकोशी को पानीको बहाव २ लाख २९ हजार एकसय ४५ क्युसेक पुगेको एसपी पोखरेलले बताए ।
पानीको बहाव उच्च हुदा समेत भारतको नियन्त्रणमा रहेको कोशी व्यारेजका सबै ढोका भने खोलिएको छैन् । कोशी ब्यारेजका ५६ ढोका मध्य २९ ढोका मात्र खोलिएका छन ।
सप्तकोसीमा पानीको बहाव बढपछी खतरा उत्पन्न भएको भन्दै सप्तकोशी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीको विशेष टोली उद्धारका लागि तयारी अवस्थामा परिचालन गरिसकिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले बताए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्