नेप्सेमा सोमबार पनि दोहोरो अंकको बृद्धि • Image Khabar Image Khabar


नेप्सेमा सोमबार पनि दोहोरो अंकको बृद्धि


Imagekhabar
२१ भाद्र २०७३, मंगलवार ०१:५५

नेप्सेमा सोमबार पनि दोहोरो अंकको बृद्धि

काठमाडौं, भदौ २० । सोमबार पनि शेयरबजारमा दोहोरो अंकको बृद्धि जारी रह्यो ।

बजार परिसूचक नेप्से १९ अंकले उकालो लागेर १८ सय ३८ मा पुग्यो । कारोबार भएका अधिकांश समूह सकारात्मक रहेसँगै नेप्सेमा उल्लेख्य सुधार जारी रहेको हो ।

होटल समूहमा सबैभन्दा बढी ४९ अंकको सुधार आयो । वाणिज्य बैंक समूह २६ अंक, विकास बैंक समूह ११ अंक तथा अन्य समूह १० अंकले सकारात्मक रहे । जलविद्युत् र वित्त समूह पनि सामान्य अंकले सुधारिए ।

उत्पादनमूलक समूहमा भने ३३ अंकको गिरावट आयो । त्यस्तै, बीमा समूह सामान्य अंकले ऋणात्मक रह्यो ।

यसदिन १ सय ४४ कम्पनीको २२ लाख ४६ हजार बराबर कित्ता शेयर १ अर्ब ९२ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्