
बुटवल, भदौ २० । वाणिज्यमन्त्री रोमी गौचन थकालीले ‘फाइनान्सियल क्राइसिस’को स्थानमा देश उभिएको उल्लेख गदै रेमिट्यान्सबाट देश धानिने स्थितिको अन्त्य गर्नुपर्ने बताएका छन् ।
युवाहरु मुलुकबाट पलायन हुनु हाम्रोमात्रै समस्या नभएर रोजगारीका लागि युवा लैजानु रोजगारदाता मुलुकको आवश्यकता पनि भएको उनले दाबी गरे ।
बुटवल उद्योग बाणिज्य संघको ६३औं साधारणसभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै उनले रेमिट्यान्सले मुलुक धानिने परिस्थितिको अन्त्य गर्न उत्पादनमूलक उद्योगधन्दामा लगानी विस्तार गर्नुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले मुलुकको अर्थतन्त्रलाई निजी क्षेत्रले धानेको उल्लेख गर्दै सरकारले निजी क्षेत्रको विकासमा खासै चासो नदेखाएका आरोप लगाए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले कृषिजन्य निर्यात् प्रवद्र्धनकालागि यस क्षेत्रमा अत्याधुनिक प्रयोगशाला स्थापना गर्न सरकारलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्