
कञ्चनपुर, भदौ २१ । ऋषि पञ्चमीका अवसरमा कञ्चनपुरस्थित महाकाली नदीमा भव्य मेला लागेको छ ।
हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन महाकाली नदीमा धार्मिक मेला लाग्ने गर्दछ । तीजको अन्तिम दिन नदी किनारामा हजारौंको संख्यामा महिलाले स्नान गरी सामूहिक रुपमा पुजा गर्ने गर्दछन ।
मेलामा कञ्चनपुर, कैलालीलगायत भारतको उत्तराखण्ड राज्यबाट समेत महिलाहरु आउने गर्दछन् । पूजाआजापछि महिलाहरुले नदी किनारमै दिनभरी तीजका गीत गाउँदै नाचगानसमेत गर्ने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्