
काठमाडौं, भदौ २१ । लगातार उकालो लाग्दै रहेको शेयरबजार मंगलबार सामान्य अंकले ओरालो लाग्यो ।
बजार परिसूचक नेप्से ४ अंकले झरेर १८ सय ३४ बिन्दूमा आइपुग्यो । कारोबार भएका अधिकांश समूह ऋणात्मक रहेसँगै नेप्से ओरालो लागेको हो ।
होटल समूहमा सबैभन्दा बढी ७८ अंकको गिरावट आयो । बिमा समूह ४७ तथा उत्पादनमूलक समूह पनि १५ अंकले ऋणात्मक रहे । वाणिज्य बैंक, विकास बैंक तथा अन्य समूह पनि सामान्य अंकले घटे । जलविद्युत् समूह १६ अंक एवं वित्त समुह २ अंकले सकारात्मक रहे ।
यसदिन १ सय ४१ कम्पनीको २२ लाख ६० हजार बराबर कित्ता शेयर १ अर्ब ८१ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्