२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


टाटा मोटर्सको शिक्षाका लागि ‘टेस्ट ड्राइभ’ अभियान


0
Shares

काठमाडौं, भदौ २१ । टाटा मोटर्स र यसको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले शिक्षाका लागि ‘टेस्ट ड्राइभ’ अभियान सन्चालन गर्ने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस अभियानबारे जानकारी गराइएको हो ।

सबै बालबालिकाले शिक्षा पाउन् र पढ्नुपर्ने उमेरमा विद्यार्थीले मजदुरी गर्न नपरोस् भनेर यो अभियान सन्चालन गरिएको कम्पनीले जनाएको छ ।

अभियानअन्तर्गत् टेस्ट ड्राइभमा भाग लिने हरेक व्यक्तिबापत कम्पनीले ५ सय रुपैयाँ विद्यालयलाई प्रदान गर्नेछ ।

जुन रकमले विभिन्न विद्यालयको छात्रबृत्ति कोष विस्तार गर्न मद्दत पुग्ने कम्पनीको भनाइ छ ।