
गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा भएको सवारी दुर्घटनामा पूर्वसांसदको मृत्युु भएको छ ।
मुसिकोट नगरपालिका १ पौदी अमराईमा लु १ ज १९५७ नम्बरको जिप दुर्घटनामा धुर्काेट गाउँपालिका ५ निवासि पूर्वसांसद रुद्रमणी भण्डारीको घटनास्थलमै मृत्युु भएको हो ।
दुर्घटनामा मालिका गाउँपालिका १ का रोशर विकको पनि मृत्युु भएको छ ।
विहिवार विहान मालिका गाउँपालिकावाट उक्त जिप वुटवलका लागि छुटेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्य ८ जना घाइते भएका छन । जिप सडकवाट १ सय मिटरभन्दा तल खसेको छ ।
प्रतिक्रिया दिनुहोस्