२७ श्रावण २०८२, मंगलबार | Wed Aug 13 2025


टिपरको ठक्करबाट सेनाको हवल्दारको मृत्यु


0
Shares

बासुदेव बर्मा

कपिलवस्तु, चैत २८ । कपिलवस्तुको वुद्धभूमि नगरपालिका–१ वसन्तपुर नजिक भएको दुर्घटनामा सेनाका हवल्दारको मृत्यु भएको छ ।

बुधबार राति लु२ख २२८० नम्बरको टिपरले ठक्कर दिँदा बुटवल बस्ने सैनिक हवल्दार राजेन्द्र थापाको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार थापा सवार  लु१९प ६८१ नम्बररको मोटरसाईकललाई बुधबार राति ८ः३० बजे वसन्तपुर नजिकको जंगलमा टिपरले ठक्कर दिएको थियो । उपचारका लागि बुटवल लैजाने क्रममा उनको मृत्यु भएको जनाइएको छ ।