
सिन्धुली । सिन्धुलीका विभिन्न क्षेत्रमा साल जातको वन बढ्दै जान थालेकोे छ ।
सिन्धुली जिल्लाको चुरेभावर वन श्रृंखला, कमलाखोच र मरिण क्षेत्रमा सामुदायिक, कवुलियती तथा सरकारी वनको संरक्षण र विकास हुन थालेपछि साल जातको वन विस्तार भएको हो ।
केही वर्ष अघिसम्म सुख्खा र उजाड रहेका डाँडापाखाहरुमा स्थानीय सामुदायिक वन र डिभिजन वन कार्यालयको पहलमा वन जङगलको संरक्षण हुन थालेपछि नाङगा ठाउँहरु घना जङगलमा परिणत हुनाका साथै वन्यजन्तु तथा पंक्षीहरुको बासस्थान बढन थालेको छ ।
चुरेभावर पहाड आसपासको जंगल सिन्धुलीको प्रमुख प्राकृतिक श्रोतसाधनयुक्त क्षेत्र मानिन्छ । यहाँ साल, साज र जामुन आदि प्रजातिका वन प्रशस्त छन् ।
उष्ण प्रदेशीय जलवायुयुक्त वनमा हर्रो, अमला, सिमल, सत्तिसाल, सान्दन, कर्मा जस्ता जडीबुटी तथा वनस्पतिहरु प्रशस्त पाइन्छन् ।
सिन्धुलीमा करिव २ लाख ४७ हजार हेक्टर वन क्षेत्र पर्दछ । हरियो वन क्षेत्रले आन्तरिक पर्यटनमा समेत सहयोग पुर्याएको छ ।
प्रतिक्रिया दिनुहोस्