Logo २८ भाद्र २०८३, आइतबार | Mon Sep 14 2026


मोटरसाइकल चोर्ने गिरोह पक्राउ, १५ ओटा मोटरसाइकल बरामद


0
Shares

झापा, भदौ २२ । प्रहरीले झापाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा झापा चन्द्रगढी–८ का २८ वर्षीय अशोक राजवंशी, विर्तामोड–२ का १९ वर्षीय सइदुल सेख, भारत–दार्जिलिङ, माटीगढाका २१ वर्षीय जीवन राजबवशी, भारत–किसनगन्जका २१ वर्षीय मोहमद साइदुन, झापा हल्दिबारी–१ का २१ वर्षीय राम भारती र भद्रपुर–१३ का अशोक राय छन् ।

प्रहरीले उनीहरुको साथबाट १५ ओटा मोटरसाइकल बरामद गरेको जनाएको छ ।