२३ मंसिर २०८०, शनिबार | Sat Dec 9 2023


सप्तरीमा सर्पदंशका बिरामी बढे


0
Shares

शिवहरि भट्टराई (इमेज)

राजविराज, असार २५ । वर्षा र बाढीको प्रभावसँगै सप्तरीमा सर्पदंशका बिरामी बढेका छन् ।

वर्षा र बाढीका कारण सर्प बाहिर निस्किएर टोक्न थालेका हुन् ।

जिल्लामा अहिले दैनिक ७ देखि १० बिरामी सर्पले टोकेर उपचार गर्न आउने गरेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालले जनाएको छ ।

वर्षा बढेसँगै अहिलेसम्म १०५ जना सर्पदंशबाट प्रभावित भएका छन् ।

अस्पतालमा ‘एन्टिस्नेक भेनम’ (सर्पदंशविरुद्धको औषधि) पर्याप्त भएकाले बिरामीलाई अस्पताल ल्याउनसके निको हुने सम्भावना बढी हुने डाक्टरहरुको भनाइ छ ।