
भैरहवा, भदौ २३ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गरेरमात्र भारत भ्रमणमा जान प्रधानमन्त्री पष्पकमल दाहाललाई आगह गरेका छन् ।
विहीबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा उनले सत्ता टिकाउनका लागि भारत भ्रमण गर्नु गलत भएको भन्दै यो प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।
वर्तमान सरकार गठन हुनुअघि मधेसी मोर्चासँग तीनबुँदे सहमति भएको भन्दै त्यसको कार्यान्वयनमासमेत सरकारले भूमिका खेल्नुपर्नेमा यादवको जोड थियो ।
प्रतिक्रिया दिनुहोस्