 
	                                                                  फाइल फोटो
सप्तरी, भदौ २४ । नेपाल–भारत सीमासँग जोडिएको सप्तरीको तिलाठीमा लामो समयदेखि हराइरहेको सीमास्तम्भ (पिलर) बिहीबार फेलापरेको छ ।
सप्तरीको तिलाठी गाविसस्थित दशगाजा क्षेत्रमा रहेको २२३ नम्बरको मुख्य स्तम्भ (पिलर) भेटिएको सशस्त्र प्रहरीले जनाएको छ ।
केही दिनअगाडि खाँडोखोलामा आएको बाढीसँगै बालुवाले पुरिएको हुनसक्ने सशस्त्र प्रहरीको अनुमान रहेको छ ।
सशस्त्र प्रहरी बेसक्याम्पका प्रहरी निरीक्षक ज्ञानबहादुर श्रेष्ठकाअनुसार बाढी र हिलो बालुवाले पुरिएपछि स्तम्भ नदेखिएपछि विशेषरुपमा त्यसको खोजी भएको थियो ।
करिब एक महिनाअगाडि सप्तरीको तिलाठीमा भारतीय पक्षबाट बाँध बनाउने विषयमा सीमा क्षेत्रका भारतीय र नेपालीबीच विवाद भएको थियो । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्