फिदिम बजारका मासु पसलहरु बिनादर्ता सन्चालित, बन्द गर्ने चेतावनी • Image Khabar Image Khabar


फिदिम बजारका मासु पसलहरु बिनादर्ता सन्चालित, बन्द गर्ने चेतावनी


Imagekhabar
२५ भाद्र २०७३, शनिबार ०२:३४

फिदिम बजारका मासु पसलहरु बिनादर्ता सन्चालित, बन्द गर्ने चेतावनी

जितेन्द्र भण्डारी (इमेज)

पाँचथर, भदौ २४ । पाँचथर सरदमुकाम फिदिम बजारमा रहेका मासु पसलको शुक्रबार अनुगमन गरिएको छ ।

अनुगमनकाक्रममा अधिकांश मासु पसलहरु मापदन्डविपरीत सन्चालन भइरहेको पाइएको अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बस्नेतले बताए ।

आवश्यक मापदन्डसमेत पालना नगरेका यी मासु पसलहरुलाई एक हप्ताभित्रमा मापदन्डअनुरुप सन्चालन गर्न समितिले निर्देशन दिएको उनले जानकारी दिए ।

पसलहरु नगरपालिका, घरेलु, पशुसेवा कार्यालय, उद्योग वाणिज्य संघलगायतका सम्बन्धित निकायमा दर्ता हुनुपर्ने प्रावधान रहेपनि अधिकांश पसलहरु बिनादर्ता सन्चालन भइरहेको पाइएको पनि टोलीमा सहभागी जिल्ला पशुसेवा कार्यालय, पाँचथरका प्रमुख डा. मोगल शाहले बताए ।

त्यस्ता पसलहरुलाई यथाशक्य सम्बन्धित निकायबाट दर्ता गर्न र आवश्यक मापदन्ड पूरा गरेरमात्रै पसल सन्चालन गर्न, नभए पसल बन्द गरिदिने चेतावनी दिएको उनले बताए ।

बारम्बारको अनुगमन र चेतावनीका बाबजुद् अझैपनि मासु पसलहरुमा उचित सरसफाइ नदेखिएको टोलीले जनाएको छ ।

जिल्लामा अनुगमन गरिएपनि प्रभावकारी नभएको उपभोक्ताहरुको गुनासो रहँदै आएको छ ।

देखावटी र मौसमी अनुगमनले उपभोक्तालाई केहिपनि राहात नहुने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्