३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


कसैलाई रहर लाग्दैमा संविधान संशोधन हुँदैन्ः नेता नेम्बाङ


0
Shares

विराटनगर, भदौ २५ । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले कसैलाई रहर लाग्दैमा संविधानसभाबाट जारी संविधान संशोधन गर्न नसकिने बताएका छन् ।

अनेरास्ववियु मोरङ जिल्ला कमिटीले आज विराटनगरमा गरेको कार्यक्रममा नेता नेम्वाङले मुलुकको आवश्यकता भए मात्र संविधान संशोधन गर्न सकिने बताएका हुन् ।

कसैलाई रहर लागेकै भरमा भने संबोधन गर्न नसकिने उनको भनाइ थियो ।

नेता नेम्वाङले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम कुनै पनि हालतमा वर्तमान सरकारले कार्यान्वयन गर्नुको विकल्प नरहेको बताए ।

उनले संसद्बाट आर्थिक विधेयक पारित भइसकेको अवस्थामा ती योजना कार्यान्वयन गर्नबाट सरकार पछि हट्न नसक्ने स्पष्ट पारे ।