
काठमाडौं । नेपालका प्रसिद्ध उद्योगपति तथा पूर्वसांसद दिवाकर गोल्छाको निधन भएको छ ।
भारतको चेन्नइमा गएराति गोल्छाको निधन भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत रहिसकेका गोल्छाको दुई साता अघिमात्र मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
६७ वर्षीय गोल्छा पहिलो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सभासद थिए ।
गोल्छा अर्गनाइजेसनको औद्योगिकरणमा पिता हुलासचन्द गोल्छाले उनलाई प्रेरित गरेका छन् ।
उनको अग्रसरतामा करिब २ दर्जन उद्योग स्थापना भएका छन् ।
हुलास वायर, हुलास खाद्यान्न, श्रीराम सुगर मिल, हुलास जस्तापाता जस्ता धेरै उद्योग गोल्छा अर्गनाइजेसनले चलाउँदै आएको छ ।
गोल्छाको पार्थिव शरीर विहीबारसम्म काठमाडौं ल्याइने पारिवारिक स्रोतले जनाएको छ । गोल्छाका दुई छोरा छन् ।
प्रतिक्रिया दिनुहोस्