१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


साताको सुरुवातमै शेयर बजार सामान्य अंकले ऋणात्मक


0
Shares

काठमाडौं, भदौ २६ । साताको शुरुको दिन आइतबार शेयर बजार सामान्य अंकले ऋणात्मक रह्यो ।

यसदिन शेयर बजार परिसूचक नेप्से ६ अंकले घटेर १८ सय १६ बिन्दुमा आइपुग्यो । होटल समुहमा ३७ अंक तथा बिमा समुहमा २२ अंकको गिरावट आयो । त्यस्तै, वाणिज्य बैंक समुह पनि दोहोरो अंकले झर्‍यो ।

यसदिन जलविद्युत समुह भने ३० अंकले बढ्यो । विकास बैंक र अन्य समुह पनि सामान्य अंकले सकारात्मक रहे ।

यसदिन नेपाल स्टक एक्स्चेञ्जमा १ सय ४५ कम्पनीको १८ लाख ५१ हजार बराबर कित्ता शेयर १ अर्ब १८ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्स्चेञ्जले जनाएको छ ।