३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


दाहालको भारत भ्रमणबारे सचेत रहन ओलीले दिए पार्टीपंक्तिलाई निर्देशन


0
Shares

काठमाडौं, भदौ २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको बेला राष्ट्रहित विपरित सन्धी सम्झौता हुनसक्ने भन्दै सचेत रहन पार्टीपंक्तिलाई निर्देशन दिएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई बुझाएको ध्यानाकर्षण पत्रबारे जानकारी गराउँदै राष्ट्रहित र राष्ट्रिय स्वाभिमान विरुद्धका सहमति मान्य नहुने बताए ।

उनले अहिलेको सरकारलाई खबरदारी गरिरहनु आवश्यक भएकोमा समेत जोड दिएका थिए ।

ओलीले आफ्नो नेतृत्वको सरकारले भारत र चीनसँग गरेको सम्झौतालाई कार्यान्वयनको दिशामा लैजानसमेत प्रधानमन्त्री दाहाललाई आग्रह गरेको बैठकमा जानकारी गराएका थिए ।

यसअघि एमाले अध्यक्ष ओलीको नेतृत्वमा गएको एमाले प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहाललाई भेटेर भारत भ्रमणबारे ज्ञापनपत्र दिएको थियो ।

पार्टी बैठकमा आगामी कार्ययोजनाहरु तय गर्ने, नेपालको संविधान अनुरुप पार्टीको संगठनात्मक संरचनाको पुनर्व्यवस्थापन गर्नेलगायतका विषयमा छलफल भएको बताइएको छ ।