सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो • Image Khabar Image Khabar


सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो


Imagekhabar
२७ भाद्र २०७३, सोमबार ०२:०४

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो

काठमाडौं, भदौ २६ । आइतबार सुनको मूल्य सामान्य दरले ओरालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ५८ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार पनि २ सय रुपैयाँले नै झरेर ५८ हजार ९ सयमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि १५ रुपैयाँले घटेर ८ सय ६५ रुपैयाँ प्रतितोलामा किनबेच भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्