Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


च्याम्पियन्स लिगको क्वाटरफाइनलमा लिभरपुल र टोटनह्याम विजयी


0
Shares

काठमाडौं । इङ्लिस क्लबहरु लिभरपुल र टोटनह्याम हट्सपरले युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल खेलमा अग्रता लिएका छन् ।

गएराति भएको क्वाटरफाइनल पहिलो लेगको खेलमा लिभरपुलले पोर्चुगलको एफ.सी पोर्टोलाई २–० ले हरायो ।

लिभरपुललाई विजयी गराउन नाबि किएता र रोबर्टो फर्मीनोले एक–एक गोल गरे । जितसँगै लिभरपुलले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो पारेको छ ।

गएराति नै भएको अर्को खेलमा टोटनह्याम हट्सपरले म्यान्चेस्टर सिटीलाई १–० ले हरायो ।

आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन हिउङ मिन सनले ७८ औं मिनेटमा निर्णायक गोल गरे ।

यसअघि म्यान सिटीका सर्जियो अगुएरोले एउटा पेनाल्टी अवसर खेर फालेका थिए ।

च्याम्पियन्स लिग फुटबलका बाँकी दुईवटा क्वाटरफाइनल खेल आज राति हुनेछन् ।

आज नेदरल्याण्ड्सको आयाक्स र ईटालीको युभेन्टस भिड्दा स्पेनको बार्सिलोनाले इङ्ल्यान्डको म्यान्चेस्टर युनाईटेडसँग खेल्नेछ ।