
धनकुटा, भदौ २७ । विद्युत्को भोल्टेज नपुग्दा धनकुटामा सञ्चालनको तयारी गरिएको पम्पिङ साना सिंचाई आयोजना अलपत्र बनेको छ ।
पम्पिङ प्रविधिबाट तमोरको पानी तानेर धनकुटा नगरपालिका–१५ छिम्सुवा फाँटमा सिचाइको व्यवस्था गर्न तयारी गरिएको हो ।
तर विद्युत् भोल्टेज कम हुँदा पम्पिङ साना सिंचाई आयोजना सञ्चालनमा आउन नसकेको हो ।
विद्युत् विस्तार भए पनि भोल्टेज नपुगेको कारण गत बैसाखमै निर्माण सम्पन्न भएको सो प्रविधि हालसम्म सञ्चालनमा आउन सकेको छैन ।
प्रविधि सञ्चालनमा आउन नसकेपछि पानी तान्न जडान गरिएको मोटर तथा जमिनमा बिछ्याइएको पाईप स्थानीयले निकालेर स्कुलमा थन्क्याएका छन् ।
गाउँका ३९ परिवारलाई लक्षित गरी जिल्ला कृषि विकास कार्यालय धनकुटा र स्थानीयको करिब चार लाख रुपैयाँ र श्रमदानमा सो योजना निर्माण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्