भारतमा रहेका मन्त्री महतले आज स्वराजसँग भेट्ने • Image Khabar Image Khabar


भारतमा रहेका मन्त्री महतले आज स्वराजसँग भेट्ने


Imagekhabar
२७ भाद्र २०७३, सोमबार १७:४७

भारतमा रहेका मन्त्री महतले आज स्वराजसँग भेट्ने

काठमाडौं, भदौ २७ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशरण महतले आज उच्चस्तरीय भेटवार्ता गर्दै छन् ।

मन्त्री महतले दिउँसो भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले आजै भारतका अर्थमन्त्री अरुण जेट्ली, जलस्रोत मन्त्री उमा भारती, सडक तथा यातायात मन्त्री तिनी गडकरी, उर्जामन्त्री पियूष गोयलसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारीका क्रममा उनी दिल्ली गएका हुन् । परराष्ट्रमन्त्री महत मंगलबार काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्