
रसुवा, भदौ २७ । पासाङ ल्हामु राजमार्गअन्तर्गत बृदिम गाविसको लिङलिङमा पहिरो जाँदा स्याफ्रुदेखि रसुवागढी सडकखण्ड अबरुद्ध भएको छ ।
पहिरोसँगै ठूला चट्टान खसेकाले सडक अबरुद्ध भएको हो ।
विभिन्न ठाउँमा गएको पहिरो पन्छाएर आइतबार देखि यातायात सुचारु गरिएको भए पनि मंगलबार राति पुनः पहिरो गएकाले सडक अबरुद्ध भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दिपक केसीले जानकारी दिए ।
राजमार्ग अबरुद्ध हुँदा केरुङ नाका ठप्प भएको छ ।
प्रतिक्रिया दिनुहोस्