झापामा आकाशे पुल निर्माण अन्तिम चरणमा • Image Khabar Image Khabar


झापामा आकाशे पुल निर्माण अन्तिम चरणमा


Imagekhabar
२८ भाद्र २०७३, मंगलवार १९:३०

झापामा आकाशे पुल निर्माण अन्तिम चरणमा

झापा, भदौ २८ । झापाको दमकमा निर्माणाधीन दुई वटा आकाशे पुल मध्ये एउटाको काम अन्तिम चरणमा पुगेको छ ।

पैदल यात्रुलाई आवतजावतमा समस्या भएपछि दमक नगरपालिकाले पुल निर्माण गरेको हो । १७ फुट उचाई, साढे २ मिटर चौडाई र २५ मिटर लम्बाईका दुई वटा आकासे पुलको लागत दुई करोड रुपैयाँ रहेको छ ।

दमक नगरपालिकाका इञ्जिनियर तीर्थनारायण श्रेष्ठले दुई पुलमध्ये एउटा आकासे पुल एकसातापछि सञ्चालनमा आउने बताए ।

दमक नगरको गणतन्त्र चोक पश्चिममा निर्माणाधीन आकासे पुलको गत पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्