काठमाडौं, चैत २६ । यही चैत २९ गतेदेखि आठौं देशव्यापी ओलम्पिक टर्च र्याली सुरु हुने भएको छ ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपीए)ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चैत २९ देखि वैशाख ५ गतेसम्म ओलम्पिक टर्च र्याली आयोजना हुने जनाएको हो ।
प्रदेश नम्बर–१ बाट सुरु हुने टर्च र्याली सबै प्रदेशमा पुर्याइनेछ ।
टर्च र्यालीमा हरिबहादुर रोकाया, दीपक विष्ट, संगीना वैद्य, सुरेन्द्र हमाललगायतका १४ जना ओलम्पियनहरुको सहभागितामा रहने जनाइएको छ ।
प्रदेश नम्बर–५ मा भारोत्तोलनका राष्ट्रिय पूर्वखेलाडी सुरेन्द्र हमालले दीप प्रज्ज्वलन गरेपछि र्याली वैशाख ५ गते सम्पन्न हुनेछ ।








प्रतिक्रिया दिनुहोस्