२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


पत्रकारको पारिश्रमिकको विवरणमा पारदर्शीता आवश्यक : सन्चारमन्त्री


0
Shares

काठमाडौं, चैत २६ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार श्रमजीवी पत्रकारहरुको हकहित संरक्षणमा प्रतिबद्ध रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित अन्तक्रियामा उनले सरकार श्रमजीवी पत्रकारका पक्षमा रहेको भन्दै सरोकारवाला सबैलाई फाइदा हुनेगरी नयाँ कानुन निर्माण भएको बताए ।

नयाँ कानुन लागू भएपछि नेपाली सन्चारमाध्यम सुदृढ, मर्यादित र सुरक्षित हुने मन्त्री बाँस्कोटाको भनाइ छ ।

मन्त्री बाँस्कोटाले कुनैपनि मिडिया हाउसको वार्षिक कर, लाभको विवरण नखोजिने तर श्रमजीवी पत्रकारको पारिश्रमिकको विवरणमा पारदर्शीता आवश्यक रहने स्पस्ट पारे ।

अन्तक्रियामा सहभागी पत्रकारहरुले सन्चारगृहहरुले न्यूनतम् सेवा–सुविधा प्रदान गर्न विलम्ब गर्न नहुने धारणा राखेका थिए ।