२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


तीनमहिने सवारी सचेतना कार्यक्रम


0
Shares

काठमाडौं, चैत २६ । दुईपांग्रे सवारी दुर्घटना बढी हुने गरेको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले यही चैत २१ गतेदेखि तीनमहिने सवारी सचेतना कार्यक्रम सुरु गरेको छ ।

उपत्यकामा दैनिक १० देखि १२ ओटा दुर्घटना हुने गरेको र एकदेखि दुईजनाको मृत्यु भइरहेको पनि ट्राफिक महाशाखाको तथ्यांकले देखाएको छ ।

दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम आयोजना गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक रामबहादुर राना बताउँछन् ।

सचेतना कार्यक्रमअन्तर्गत् दुईपांग्रे सवारीचालकलाई रोकेर ट्राफिक प्रहरीले सुरक्षित ड्राइभिङबारे सम्झाउने र मोटरसाइकलको पछाडि बत्तीमा टल्कने स्टिकर लगाइदिने गरेको छ ।

यस्तो कार्यक्रम एक सातासम्म हरेक दिन दुई ठाउँमा गर्ने र त्यसपछि दिनमा १० ठाउँमा गरिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यस्ता कार्यक्रममा दैनिक ११ सयजना दुईपांग्रे सवारीचालकहरु सहभागी हुने गरेको पनि महाशाखाले जनाएको छ ।