सेवा–सुविधा कटौती गरिएपछि चिया मजदुर आन्दोलित • Image Khabar Image Khabar


सेवा–सुविधा कटौती गरिएपछि चिया मजदुर आन्दोलित


Imagekhabar
२९ भाद्र २०७३, बुधबार ०१:२८

सेवा–सुविधा कटौती गरिएपछि चिया मजदुर आन्दोलित

झापा, भदौ २८ । झापाको ‘गिरीबन्धु टी इस्टेट’मा कार्यरत् मजदुरले सेवा–सुविधा कटौती गरेको भन्दै रिले अनशन थालेका छन् ।

सरकारले तोकेको २५३ रुपैयाँ ज्याला नदिएको, स्थायी नियुक्ति नदिएको, मजदुरले पाउने प्राथमिक उपचार बन्द गरेको, दसैंखर्च कटौती गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

चार वर्षदेखि खाइपाई आएको सेवा–सुविधा कटौती गरिएपछि पटक–पटक व्यवस्थापन, श्रम कार्यालय मेची र जिल्ला प्रसाशन कार्यालयमा लिखित जानकारी गराएपनि सुनुवाइ नभएपछि पहिलो चरणको आन्दोलनस्वरुप रिले अनशन बस्नुपरेको मजदुरहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्